सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितले उपचार पाउने र अस्पतालबाट फर्किनु नपर्ने सुनिश्चितता गर्न सर्वोच्चको आदेश

सोमबार, ०३ जेठ २०७८, २० : ३५
सोमबार, ०३ जेठ २०७८

सर्वोच्च अदालतले अक्सिजन, आधारभूत औषधि वा अस्पतालमा शय्याको अभावमा कोरोना संक्रमितले उपचार नपाउने अवस्थाको अन्त्य गर्न सरकारको नाममा  परमादेश जारी गरेको छ । अधिवक्ता मनीषकुमार श्रेष्ठले दायर गरेको रिटमा न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले निवेदकको माग बमोजिम आदेश जारी गर्न पर्ने नपर्नेबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न  समेत भनेको छ । 

नेपालको संविधानमै नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने हकको प्रत्याभूति गरिएकाले कोरोनाका महामारीका क्रममा आधारभूत स्वास्थ्य सेवा नपाउनु गम्भीर चिन्ताको विषय भएको सर्वोच्चले उल्लेख गरेको छ । 

कुनै पनि बहानामा सरकार जनताको जीवन रक्षा गर्ने जिम्मेवारीबाट पछि हट्न नमिल्ने भन्दै अदालतले कोरोना नियन्त्रण र उपचारसम्बन्धी विस्तृत कार्ययोजना ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आदेश जारी गरेको छ । 

जसअनुसार अक्सिजन, आधारभूत औषधि वा शय्याको अभावमा संक्रमितले उपचार नपाइ अस्पतालमा भर्ना नपाउने वा अस्पतालबाट फर्किन नपर्ने सुनिश्चितता गर्न अदालतले आदेश दिएको छ ।  यस्तै अक्सिजनको पर्याप्त उपलब्धता गर्न, आईसीयू, भेन्टिलेटरको उपलब्धता सुनिश्चित गर्दै सोको समन्वय र व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम बनाउन पनि अदालतले आदेश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप