गण्डकी प्रदेशमा थप ९५९ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, ०४ जेठ २०७८, १८ : ४२
गण्डकी प्रदेशमा थप ९५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ६३५ जनाको नमुना परीक्षण गरिएकोमा थप ९५९ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मंगलबार कास्कीका ४१७,स्याङजाका ८६, बाग्लुङ १२३, पर्वतका ७४, म्याग्दी २७, मुस्ताङ १, तनहुँ ११२, गोरखा ३५, लमजुङमा ८ र नवलपुरमा ७६ जनामा संक्रमण देखिएको हो । प्रदेशमा देखिएका ९५९ जना संक्रमितहरु मध्ये ४८० पुरुष र ४७९ जना महिला रहेका प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ४२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ३९८ पुगेको छ ।