कोरोनाको तेस्रो लहर आउनसक्छ, १२ वर्ष माथिकालाई खोप लगाउने तयारी गरौं : सभापति देउवा
मङ्गलबार, ०४ जेठ २०७८, १९ : ०८
काँग्रेस सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेश्रो लहर आउने सम्भावित खतरालाई मध्यनजर गर्र्दै सातवटै प्रदेशका अस्पतालमा विशेष वार्ड र आइसीय लगायतको तयारी गर्न सरकारसँग आग्रह गरेका छन् । सभापति देउवाले कोरोनाको तेश्रो लहरबाट बालबालिका बढी असुरक्षित हुनसक्ने विज्ञहरुको भनाइ रहेको बताउँदै १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन समेत आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले भनेका छन्- ‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्। म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड र आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु।’