सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कारोबार रकममा नेप्सेको अर्को रेकर्ड ब्रेक, सूचक भने घट्यो

बुधबार, ०५ जेठ २०७८, १५ : ४३
बुधबार, ०५ जेठ २०७८

कारोबार रकममा फेरि अर्को रेकर्ड कायम गरेको नेप्से सूचक भने १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा आइपुगेको छ । ११ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज २ सय १४ कम्पनीको २ करोड ५१ लाख २१ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री भएको हो । नेपाल पुनर्बिमा कम्पनी कारोबार रकम ५५ करोड ६९ लाख रुपैयाँ भन्दा बढी सहित अगाडि छ ।

दोस्रो र तेस्रोमा क्रमशः नेशनल लाइफ इन्स्योरेन्स  र नेशनल हाइड्रोपावर परेका छन । ५ वटा कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढी छ । कारोबारीहरुले नाफा बुक गर्ने प्रवृत्ति बढ्दै गएपछि बुधबार नेप्से सूचक केही प्रभावित बनेको विज्ञहरुले बताएका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप