सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ६८८ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, ०५ जेठ २०७८, १८ : १२
बुधबार, ०५ जेठ २०७८

गण्डकी प्रदेशमा थप ६८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ६९७ जनाको नमुना परीक्षण गरिएकोमा ६८८ जनामा कोरोना संक्रमण देखिएको हो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिएको नमुना परीक्षणमा ३०८ महिला र ३८० जना पुरुष संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार कास्कीमा १७६, स्याङजा ९, बाग्लुङ ७०,पर्वत २२, म्याग्दी ६८, मनाङ १३, मुस्ताङ १०, तनहुँ ५६, गोरखा १२९, लमजुङ ७ जना र नवलपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको हो ।  यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ६८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ । गण्डकीमा थप पछिल्लो २४ घण्टामा ३० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ४५२ जनाले ज्यान गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप