आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्टसलाई पहिलो उपाधि
युभेन्टसले एटलान्टालाई हराउँदै कोपा इटालियाको उपाधि हात पार्न सफल भएको छ । आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्टसको यो पहिलो उपाधि हो ।
डेजान क्लुभेस्कीले खेलको ३१ औँ मिनेटमा युभेलाई अग्रता दिलाए पनि १० मिनेट पछि नै रुस्लान मिलानोभस्कीले खेल बराबरी गरेका थिए । दोस्रो हाफको ७३ औँ मिनेटमा फेडेरिको किएसाले गोल गर्दै युभेको उपाधि सुनिश्चित गरे । खेलको अन्त्यतिर एटलान्टा १० खेलाडीमा समिति बनेको थियो ।
बुधबारको खेलमा ४३ सय दर्शकलाई सासुलोको मापेइ स्टेडियममा प्रवेशको अनुमति दिइएको थियो । कोरोनामहामारी सुरु भएपछि इटालीको हाइप्रोफाइल खेलमा दर्शकहरुलाई उपस्थित हुने अनुमति दिइएको यो पहिलो अवसर हो ।
लगातार ९ लिग उपाधि जितेको युभे एक खेल बाँकी छँदा लिगको पाँचौ स्थानमा रहेको छ । पिर्लोको नेतृत्वमा युभे उपाधि विहीन बन्ने खतार बनेको थियो । तर, एटलान्टाले सन् १६३ पछि पहिलो पटक कप उपाधि उचाल्ने मौका गुमायो ।