सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १ हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, ०६ जेठ २०७८, १८ : २२
बिहीबार, ०६ जेठ २०७८

गण्डकी प्रदेशमा थप १ हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको मनाङ बाहेकका १० जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा पछिल्लो २४ घण्टामा १ हजार ३७२ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा ३ हजार २७७ जनाको नमुना परीक्षण गरिएकोमा थप १ हजार ३७२ जना संक्रमित भेटिएको हो ।  पछिल्लो २४ घण्टामा कास्कीमा ३५३, स्याङ्जा ६११, बाग्लुङका ९, पर्वत १८, म्याग्दी २१ जना, मुस्ताङका १, तनहुँ ९३, गोरखा १५६, लमजुङ १६ र नवलपुरका ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ हजार ६० पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ४३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप