आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पार्टीभित्र अहंकार उस्तै छ, विद्रोह निश्चित छ : रामकुमारी झाँक्री

बिहीबार, ०६ जेठ २०७८, २० : १५
बिहीबार, ०६ जेठ २०७८

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी भित्रको परिस्थितिमा कुनै बद्लाव नआएको स्पष्ट पारेकी छिन् । बिहीबार सामाजिक सञ्जालमार्फत माधव नेपाल पक्ष एमाले सांसद झाँक्रीले पार्टीमा उस्तै अहंकार उस्तै रहेको र अन्यायको विरुद्ध विद्रोह निश्चित रहेको उल्लेख गरेकी छिन् । उनले पार्टीमा एउटा सानो ठाउँका लागि समेत संघर्ष गरिरहेको बताउँदै नवनिर्वाचित राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटालाई बधाई समेत दिएकी छिन् । 

झाँक्रीले लेखेकी छिन्– ‘संसद सदस्यबाट नै राजीनामा गर्न तयार हामीहरूलाई राष्ट्रियसभामा कसलाई भोट हाल्ने ? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो । तर अहिले पार्टीभित्रै एउटा स्पेसका लागि संघर्षरत अवस्थामा छौं । पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन। अहंकार उस्तै छ। अन्यायको विरुद्ध विद्रोह निश्चित छ । डा.देवकोटालाई बधाई ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप