सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खैरो हेरोइनसहित कैलालीबाट २ जना पक्राउ

शुक्रबार, ०७ जेठ २०७८, १२ : १०
शुक्रबार, ०७ जेठ २०७८

 कैलालीको भजनी नगरपालिका–३ स्थित बर्दुवा फाँटबाट प्रहरीले खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका घर भएका २२ वर्षीय तपेन्द्रबहादुर शाही र २२ वर्षीय सन्तोष माझी रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

आरोपीहरुको साथबाट ४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आरोपीलाई लागुऔषध मुद्दामा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप