सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सांसद शाह सवार कार दुर्घटना

शुक्रबार, ०७ जेठ २०७८, १७ : ०३
शुक्रबार, ०७ जेठ २०७८

 सङ्घीय सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार दुर्घटना भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीबास बजारमा कार दुर्घटना हुँदा साहसहित तीन जना सामान्य घाइते भएका छन् ।

कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाह काठमाडौँ जाने क्रममा बा१५च ७५२३ नम्बरको कार अनियन्त्रित भई आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा शाहका स्वकीय सचिव सूर्यप्रताप शाह र चालक महेशकुमार पासवानसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि सिर्जित राजनीतिक अवस्थाका कारण उनी गृह जिल्लाबाट काठमाडौँ जान लाग्नुभएको बुझिएको छ । 

दुर्घटनाबाट सामान्य घाइते भएका तीनै जानको स्थानीय मेडिकलमा उपचार पश्चात सांसद शाह र उनका स्वकीय सचिव शाह अर्को गाडी खोजेर काठमाडौँ जानुभएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप