सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप १०५३ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, ०७ जेठ २०७८, १८ : ०२
शुक्रबार, ०७ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशमा थप १०५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा २०६७ जनामा नमुना परीक्षण गर्दा थप १०५३ मा कारोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रदेशका मुस्ताङ र मनाङ बाहेका ९ जिल्लामा पीसीआर र एन्टिजेन परीक्षणमा १०५३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।  उनका अनुसार कास्कीका ३८३, तनहुँ ५४, गोरखा ९८, लमजुङ ३६, नवलपुर ७४ र स्याङजामा ३२ जना रहेका छन् ।

त्यसैगरी पर्वतमा ६५, बाग्लुङ २०४ जना र म्याग्दीमा १०७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३३ हजार ११३ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट एकैपटक १ हजार ३९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै,प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार ७९४ पुगेको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९३ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप