सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा गस्ती टोली र सिकारीबीच झडप, १ जना पक्राउ

शनिबार, ०८ जेठ २०७८, १३ : १८
शनिबार, ०८ जेठ २०७८

रौतहटमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । दोहोरो झडपपछि एकजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको कमान्डमा गएराती गएको वन गस्ती टोली र सिकारी समूहबीच भोलन्टार वनमा झडप भएको हो ।  

वन गस्ती टोलीसँग झडप भएलगत्तै ८ जनाको समूहमा रहेको सिकारी समूह तितरबितर भएर भागेको वन अधिकृत यादवले बताए । झडपलगत्तै  चन्द्रपुर ३ का सीताराम स्याङतान पक्राउ परेका छन् ।  वन क्षेत्रमा पछिल्लो केही दिनदेखि अवैध चोरी सिकारी बढेको सूचनाको आधारमा गस्ती जाँदा सो झडप भएको  यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप