सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ५२३ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, ०८ जेठ २०७८, १७ : ५७
शनिबार, ०८ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ५२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा ५२३ जनामो संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार कास्कीमा ५१ जना, नवलपरासी पूर्व १३८, म्याग्दी १०४,स्याङजा ८०,बागलुङ ६ जना, तनहुँका ५६, गोरखा ५५, लमजुङ ३२ जना र पर्वतमा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।  संक्रमण पुष्टि भएकामध्ये पुरुष २६६ र महिला २५७ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३३ हजार ६३६ जना पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप