आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनले पठाएको स्वास्थ्य सामग्री तातोपानी हुँदै राजधानी भित्रिँदै

शनिबार, ०८ जेठ २०७८, २० : २९
शनिबार, ०८ जेठ २०७८

चीन सरकारले सहयोग स्वरूप प्रदान गरेको कोभिड–१९ सँग सम्बन्धित अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री आज तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । ती सामग्रीहरू भन्सार प्रकृया पूरा गरी आजै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीलाई जिम्मा दिई बेलुकासम्म राजधानी पुग्ने भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिए । 

अनुदानमा प्राप्त सामग्रीहरूमा १९५ लिटरको लिक्युड अक्सिजन सिलिन्डर १८ हजार ९०० केजी, २१० लिटरको लिक्विड अक्सिजन सिलिन्डर १० हजार १५० केजी,  अक्सिजन टिप ७५० थान र अक्सिजन इनालेटर ३०० थान रहेका छन् । उक्त सामग्रीहरू अति संवेदनशील भएकोले दमकलसहित प्रहरीको सुरक्षा घेरामा पठाइने व्यवस्था मिलाइएको छ । अरु आउन बाँकी सामग्रीहरू केही दिनमा आईपुग्ने सूचना अधिकृत ढकालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप