सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मकवानपुरमा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

आइतबार, ०९ जेठ २०७८, १२ : ५२
आइतबार, ०९ जेठ २०७८

मकवानपुर । हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियु तथा भेन्टिलेटर कक्षमा उपचाररत ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिएका छन् ।

मृतक तीनै जना हेटौंडा उप महानगरपालिकाका हुन् । हेटौंडा–१५ का ४३ वर्षीय पुरुष, हेटौँडा–४ थाहा चोककी ६० वर्षीया महिला र हेटौँडा–५ का ८५ वर्षीय पुरुषको मृत्यु भएको हो ।  मृतक तीनै जना जेठ १ गते यता कोरोना पुष्टि भएका र श्वासप्रश्वासमा समस्या भएका कारण हेटौँडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप