बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघद्वारा रानीवनमा ३०० शैयाको आइसोलेशन सेन्टर संचालन

आइतबार, ०९ जेठ २०७८, १२ : ५८
आइतबार, ०९ जेठ २०७८

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले काठमाडौंको नागार्जुन नगरपालिका वडा नं १ इचङ्गुनारायण रानिबनमा अवस्थित नेपाल सरकारको खाली रहेको ब्लक ए भवनमा आइसोलेशन सेन्टर संचालनमा ल्याएको छ ।

संघले नेपाल सरकारबाट अनुमती प्राप्त अक्सिजन सहितको ३०० शैया क्षमताको नेपालकै ठूलो आइसोलेशन केन्द्र स्थापना गरेको जनाएको छ । 

विश्व नै कोभिड १९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहरबाट आक्रान्त भएको यस समयमा  संक्रमणका कारण लक्षण देखिएका, घरमा रेखदेख गर्ने मानिस नभएका वा रेखदेख गर्ने भएपनि शरीरमा अक्सिजनको सामान्यतया कमि हुन सक्छ कि भन्ने मनोविज्ञानले त्रसित, अक्सीजन लेबल ९० भन्दा कम नभएका, सुगर, प्रेसर लगायतका दीर्घकालिन रोग नभएका र हिडेरै आफै आइसोलेसन बेडसम्म जानसक्ने संक्रमितहरुका लागि सो आइसोलेशन सेन्टर संचालनमा ल्याएको हो ।

उक्त आइसोलेशन सेन्टर अनुमती प्राप्त सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्र संस्थाको प्राविधिक सहयोगमा एक्यानले सञ्चालनमा ल्याएको हो । यस कार्यमा, स्थानीय सरकार, स्थानीय जनसमुदाय, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिलगायत सम्पूर्ण सरोकारवालाहरुको साथ र समन्वय प्राप्त भएको पनि एक्यानले जनाएको छ ।

यस सेन्टरमा कोरोनाको सामान्य लक्षण देखिनासाथ अक्सिजनको व्याकअप, नर्स र चिकित्सकको २४सै घण्टा निगरानीमा राखिने छ यसलाई ३ महिना सम्म सन्चालनमा ल्याइने छ । सुरुमा ५० शैया अक्सीजन युक्त रहने आइसोलेशन केन्द्र एक हप्तामा पूर्ण क्षमतामा सञ्चालन हुने पनि एक्यानले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप