राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दल्ने पक्राउ
आइतबार, ०९ जेठ २०७८, १२ : ५९
प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको तस्बिरमा गोबर दल्ने नेविसंघका विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । पिपलको चौतारोमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर दलेको भन्दै काठमाडौंको मध्य वानेश्वरबाट नवराज त्रिपाठीलाई पक्राउ गरिएको हो ।
प्रतिनिधिसभा विगठन गर्दै मध्यावधि निर्वाचन घोषणाको विरोधमा उनले सो काम गरेको जनाइएको छ । फोटोमा गोबर दल्दै गरेको अवस्थामा पक्राउ परेका उनलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ ।