सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सल्यान अस्पतालमा एकैदिन ३ संक्रमितको  मृत्यु

आइतबार, ०९ जेठ २०७८, १४ : २०
आइतबार, ०९ जेठ २०७८

जिल्ला अस्पताल सल्यानमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्‍वरी गाउँपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाका रहेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यान दिएको जानकारीअनुसार छत्रेश्‍वरी गाउँपालिका ६ का ६३ वर्षीय पुरुष, बागचौर नगरपालिका ९ का ५२ वर्षीय पुरुष र त्रिवेणी गाउँपालिका ६ का ५८ वर्षीय पुरुष रहेका छन् ।

तीनैजनाको आइतबार बिहान सल्यान जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए । आइतबार तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट सल्यानमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप