काठमाडौंको सोह्रखुट्टेमा रहेको सेनिटाइजर उद्योगमा छापा
सञ्चालक पक्राउ
आइतबार, ०९ जेठ २०७८, १७ : ५९
काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित सोह्रखुट्टेमा रहेको सेनिटाइजर उद्योगमा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेर स्वास्थ्यका लागी हानिकारक भनिएको सेनिटाइजर जफत गरेको छ ।
लामा समीप इन्टरप्राइजेज प्रालिमा छापा मारेर त्यहाँबाट उत्पादित सेनिटाइजर बरामद गरिएको परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । प्रहरीले सो उद्योगका सञ्चालक सुमनबहादुर तामाङलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर–१६ बाट ‘उत्पादन मुलक र सेवामुलक वस्तु उत्पादन’ गर्ने अनुमति लिएर सेनिटाइजर उत्पादन गरेको सञ्चालकको भनाइ छ । तर, स्वास्थ्य सम्वन्धी सामग्री उत्पादन गर्न स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्छ ।
त्यहाँबाट उत्पादित सेनिटाइजर हानिकारक मिथानेलको मिश्रण रहेको प्रहरीले दावी गरेको छ ।