बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अक्सिजन सिलिन्डरको मागलाई सहज गर्न निःशुल्क अक्सिजन डेलिभरी गर्दै उपाय

सोमबार, १० जेठ २०७८, १२ : ५३
सोमबार, १० जेठ २०७८

काठमाडौं । कोभिड १९ संक्रमण बढ्दै गएपछि भएको अक्सिजन सिलिन्डरको मागलाई सहज गर्ने उद्देश्यका साथ उपाय सिटी कार्गोले निःशुल्क ढुवानी सेवा दिन थालेको छ ।

निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार पसार गर्न सर्वसाधारण तथा केही संस्थाहरुलाई निक्कै समस्या पारिरहेको थाहा पाएपछि उपाय सिटी कार्गोका कर्मचारी र यस संस्थासँग आबद्ध टाटा योद्धा र टाटा एसका सवारी धनीहरु मिलेर हाल काठमाडौं, पोखरा तथा बुटवल–भैरहवामा निःशुल्क सेवा दिँदै आएका छन ।

उपाय सिटी कार्गोका चिफ अपरेटिङ अफिसर (सिओओ) अमिगो खड्काले मे २३ सम्म ५१२ भन्दा बढी अक्सिजन सिलिन्डरहरू डेलिभर गरिसकेको बताए । उनले उपाय सिटी कार्गोको सञ्जालमा आबद्ध भएर अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्ने २० जना टाटा गाडीका सवारीसाधनले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै ढुवानी सेवा दिइरहेको पनि बताए ।

आपतको बेला सम्पर्क गर्न सजिलो होस् भनेर संस्थाले ९८८१०९८८३० र ९८८१०९८८८० मा फोन गर्न सकिने व्यवस्था मिलाएको छ । यो सेवा २४ घन्टा नै उपलब्ध रहेको पनि संस्थाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप