हिमस्टारको नयाँ एलईडी बल्ब सार्वजनिक
काठमाडौं – बिगत ३० वर्षदेखि नेपाली ग्राहकहरुको मन र विश्वास जित्न सफल गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ ।
हिमस्टार एलईडी बल्ब नेपालको पहिलो अन्तराष्ट्रिय स्तरको सी ई सर्टिफाईड एलईडी बल्ब भएको कम्पनीले दावी गरेको छ । नयाँ एलईडी बल्ब १०० लुमेन्स पर वाट सहितको विशेषता सहित उपलब्ध छ जसमा उच्च पावर कार्यदक्षता रहेको जनाएको छ ।
यसमा न्यून मात्रामा विद्युतको खपत र उच्च लुमेन्स रहेको छ । हिमस्टारको ८ वाटको एलईडी बल्बको मूल्य रु. १५०÷– मा किन्न सकिने छ भने, जसमा ३ वर्षको वारेन्टी प्रदान समेत गरिएको जनाइएको छ । हिमस्टार एलईडी बल्ब मूल्य, लुमेन्स र गुणस्तरका कारण उत्कृष्ट रहेको जून बल्बले ग्राहकले आफ्नो घरमा सहि मात्रामा उज्यालो प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।
हिमस्टारले विभिन्न लाइटिङ तथा लुमीनारिज उपलब्ध गराउँदै आएको छ । जस अन्र्तरगत ३ देखि १५ वाटका बल्ब, ०.५ वाटको रङ्गिन बल्ब, ट्युबलाइट्स रिसेस्ड तथा सर्फेस माउन्ट डाउनलाईट, प्यानललाईट तथा अन्य विभिन्न भित्री र बाहिरी लाईटहरु पर्दछन् ।
हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ एलईडी बल्बको बारेमा प्रकाश पार्दै भने, ‘नेपाली बजारमा हिमस्टार एलईडी बल्ब उपलब्ध भएको घोषणा गर्न पाउँदा हामी निकै हर्षित भएका छौं ।’ हिमस्टार एलईडी बल्बले देशमा भएको लोडसेडिङलाई कम गर्न तथा केहि समाधान गर्नका लागि सहयोग विस्वास लिएको उनले बताए ।