सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चार दिनमा १८ सङ्क्रमितको मृत्यु

सोमबार, १० जेठ २०७८, १७ : २७
सोमबार, १० जेठ २०७८

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन  र  कोभिड सङ्क्रमितका उपचारमा विशेष ध्यान दिन यहाँका सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । 

उपकुलपति कार्यालय अगाडि आज एक घण्टा  धर्ना दिइ उनीहरुले तत्काल अक्सिजन प्लान्ट मरमत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र कोरोना सङ्क्रमितका उपचारमा उच्च प्राथमिकता दिन उपकुलपति डा.ज्ञानेन्द्र गिरीसँग आग्रह समेत गरेका छन् ।  यसरी ध्यानकर्षण गराउनुहुने पार्टीमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, संघीय राज्य परिषद, जनमुक्ति पार्टी लगायत रहेका छन् । 

काङ्ग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले  सङ्क्रमितका  उपचारमा प्रतिष्ठानले ध्यान नदिएको आरोप लगाउँदै उपकुलपतिले अस्पताल व्यवस्थापन गर्न नसकेको बताए ।  प्रतिष्ठानमा प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि पूर्ण क्षमतामा सञ्चालनमा हुन सकेको छैन  । प्रतिष्ठानद्वारा सञ्चालित कोभिड अस्पतालमा गत चार दिनका अबधिमा १८  बिरामीको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप