सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ७४४ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १० जेठ २०७८, १७ : ३२
सोमबार, १० जेठ २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ७४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा संक्रमित भेटिएका छन् ।  गण्डकी प्रदेशका ११ जिल्लामा भेटिएका ७४४ संक्रमित मध्ये ३३० महिला र ४१४ जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार कास्कीमा २६३, नवलपरासी पूर्व १३३, तनहुँ १०४, स्याङजा ८८, बागलुङ २१, म्याग्दी ३८, पर्वत ५९, गोरखा ११, लमजुङ २३, मनाङमा २ र मुस्ताङ २ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३५ हजार ३२६ जना पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप