बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा प्रा.डा. जागेश्वर गौतम

सोमबार, १० जेठ २०७८, १९ : २३
सोमबार, १० जेठ २०७८

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमलाई मन्त्रीस्तरीय निर्णयबाट अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको हो । 

नवनियुक्त प्रशासकीय अधिकारी डा. गौतमले भोलिदेखि नै कार्यभार सम्हाल्ने भएका छन् । प्रा.डा गौतम स्वास्थ्य मन्त्रालयको ११ औँ तहका वरिष्ठ अधिकारी हुनुका साथै वरिष्ठ चिकित्सक समेत पनि हुन । मन्त्रालयको प्रवक्ता हुनुअघि प्रा.डा. गौतम परोपकार प्रसूति गृह थापाथलीका निर्देशक थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप