सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणका लागि यस्तो छ माओवादी केन्द्रको १५ बुँदे नीति, कार्यक्रम र संरचना

सोमबार, १० जेठ २०७८, २० : १७
सोमबार, १० जेठ २०७८

नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि पार्टीको नीति, कार्यक्रम र संरचना सार्वजनिक गरेको छ ।  गत जेठ ५ र ६ गते बसेको स्थायी समिति बैठकमा भएको छलफल र निर्णयअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कार्यक्रम सार्वजनिक गरेका हुन् । 

प्रचण्डले जारी गरेको १५ बुँदे कार्यक्रममा सर्वदलीय र सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने आवश्यक्ता औंल्याउंदै पार्टीको नेतृत्वमा केन्द्र, प्रदेश र स्थानीय तहसम्म कोभिड स्वास्थ्य इकाइ गठन गर्ने र जनतालाई सुसूचित गर्ने उल्लेख छ । केन्द्रमा भने अध्यक्ष प्रचण्डको नेतृत्वमा यस्तो इकाइ गठन हुनेछ । 

सबै तहका इकाइहरुले कोभिडसँग सम्बन्धित आवश्यक उपचार गर्न सहयोग गर्नुका साथै हवाई एम्बुलेन्सको व्यवस्था गर्न सरकारसँग माग गर्ने भएको छ । त्यसैगरी माओवादीले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन आपूर्ति सहज बनाउन पहल गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप