बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई लक्ष्मण बाबु ट्रष्टद्वारा स्वास्थ्य साम्रग्री प्रदान

मङ्गलबार, ११ जेठ २०७८, १४ : ४४
मङ्गलबार, ११ जेठ २०७८

काठमाडौं । लक्ष्मण बाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगका स्वास्थ्य केन्द्रलाई ८ थान अक्सिजन कन्सेन्ट्रेक्टर स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाका ग्रामिण भेगमा संचालित स्वास्थ्य सेवालाई यो सामाग्री उपलब्ध गराएको हो ।

कोभिड १९ विरुद्ध लड्न सक्ने वातावरण बनाउन लक्ष्मण बाबु ट्रष्टले यस्तो पहल गरेको हो । ट्रष्टले मनकामना हेल्थ पोष्ट १, घैरुङ अस्थायी कोभिड अस्पताल २, बुंगकोट हेल्थ पोष्ट १, माई मनकामना सहकारी अस्पताल १, आइसोलेशन सेन्टर अफ इच्छा कामना ग्रामीण मेट्रोपोलिटन २ र मुग्लिन हाइवे अस्पताललाई १ थान उक्त सामाग्री उपलब्ध गराइएको कम्पनिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप