सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेयर बजारमा सामान्य करेक्सन

मङ्गलबार, ११ जेठ २०७८, १५ : ४९
मङ्गलबार, ११ जेठ २०७८

लगातार आफ्नै रेकर्ड ब्रेक गरेको सेयर बजारमा मंगलबार भने सामान्य करेक्सन आएको छ । मंगलबार नेप्से परिसूचक ६.५० अंकले घटेर २८१६.५६ बिन्दुमा आइपुगेको छ । ०.२३ प्रतिशतले घटेको बजारमा ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

यस दिन २१९ कम्पनी कारोबारमा सामेल भए । मंगलबार ६ वटा समूहमा बढोत्तरी छ भने ७  वटा समूह ओरालो लागेको छ  । ४ वटा समूहको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको छ । बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको सेयर मूल्य ९ प्रतिशत भन्दा माथि बढेको हो । 

कारोबार रकमका आधारमा अरुण काबेली पावर कम्पनीको ३३ करोड ८३ लाख रुपैयाँ बढीको सेयर खरिद बिक्री भएको छ । अहिले जलविद्युतमा लगानीकर्ताको आकर्षण देखिएको छ । दोस्रो बढी कारोबार हुनेमा एसियन लाइफ इन्स्योरेन्स रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप