सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सेती अस्पतालमा थप ४ कोरोना संक्रमितको मृत्यु

मङ्गलबार, ११ जेठ २०७८, १६ : ४८
मङ्गलबार, ११ जेठ २०७८

कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट ४ जनाको मृत्य भएपछि अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको हो । त्यसमध्ये ८ सय ५७ जना निको भएर घर फर्किएका छन् ।

अस्पतालमा भर्ना भएका बिरामीहरुको संख्या अहिले १ सय ७५ रहेको अस्पतालले जनाएको छ । मंगलबार अस्पतालमा ४ जना नयाँ बिरामी भर्ना भएका छन् । उपचाररत बिरामीहरुमध्ये आइसियुमा ११ छन् भने भेन्टीलेटरमा ३ जना रहेको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटी लाई जानकारी दिए । 

त्यस्तै पछिल्लो २४ घण्टामा ६ सय ५४ जनाको पीसिआर परीक्षण गर्दा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको श्रेष्ठले बताए ।  उनकाअनुसार २ सय ८२ मा एन्टिजेन परीक्षण गर्दा १ सय ६१ जना कोरोना पुष्टि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप