सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

मङ्गलबार, ११ जेठ २०७८, १८ : १८
मङ्गलबार, ११ जेठ २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत थप १९ जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशका म्याग्दी र मनाङ बाहेकका ९ जिल्लाका १९ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थय निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार कास्कीमा ९, स्याङजा २, नवलपरासी पूर्व १, तनहुँ २, गोरखा १, लमजुङ १, पर्वत १, बागलुङ १ र मुस्ताङमा १ जना रहेका छन् ।  नवलपरासी पूर्व कावासोती–२ की ५७ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्स चितवनमा मृत्यु भएको छ ।

त्यसैगरी मुस्ताङ घरपजोङ–४ का ४६ वर्षीय पुरुष, पर्वत जलजला–५ का ६० वर्षीय पुरुष, गोरखा भीमसेन थापा गाउँपालिका–२ का ८६ वर्षीय पुरुष, बागलुङ जिल्लाको बागलुङ–२ का ७९ वर्षीय महिला, लमजुङ बेशिसहर–८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी स्याङजा पुतलीबजार –७ की ३७ वर्षीय महिला, पुतलीबजार –८ का ७१ वर्षीय पुरुष, तनहुँ शुक्लागण्डकी –२ की ८८ वर्षीय महिला, भिमाद–२ की ८० वर्षीय महिला, रुपन्देही सियारी–२ का ७३ वर्षीय पुरुष, पोखरा महानगरपालिका –७३ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै पोखरा–११ का ५७ वर्षीय पुरुष, पोखरा–५का ६८ वर्षीय पुरुष, पोखरा–८ का ७५ वर्षीय पुरुष, पोखरा–११ का ८१ वर्षीय पुरुष, पोखरा–९ का ६५ वर्षीय पुरुष, पोखरा– ५ की ४४ वर्षीय महिला र कास्कीको मादी–१ की ९९ वर्षीय महिलाको मृत्यु भएको हो ।  योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७० पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप