सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा एकैदिन थपिए १ हजार ५४९ संक्रमित

मङ्गलबार, ११ जेठ २०७८, १८ : ४५
मङ्गलबार, ११ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३ हजार ३६८ जनाको नमुना परीक्षण गरिएकोमा १ हजार ५४९ जनामा कोरोना संक्रमण देखिएको हो ।  सोमबार प्रदेशमा ६९४ महिला र ८५५ जना पुरुषसहित १ हजार ५४९ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार प्रदेशमा २४ घण्टामा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएका छन् । सोमबार कास्कीमा मात्र २२१ पुरुष र २१९ जना महिलासहित ४४० जनामा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी म्याग्दीमा ५१, स्याङ्जा २४०, बाग्लुङ २, पर्वत ९२, तनहुँ ६२, गोरखा २२३, लमजुङ २३९,  नवलपुर १५६ र मुस्ताङमा ४४ जनामा संक्रमण देखिएको हो । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३६ हजार ८७५  पुगेको छ ।  प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७० पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप