सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेतमा मात्र कोरोनाबाट १३१ जनाको मृत्यु, २८७१ जना होम आईसोलेशनमा

मङ्गलबार, ११ जेठ २०७८, १९ : १७
मङ्गलबार, ११ जेठ २०७८

सुर्खेत ।  कर्णालीका अन्य जिल्लाभन्दा सुर्खेतका कोरोना कहरको ग्राफ बढेको छ । प्रदेशको राजधानी समेत भएको र जनसंख्या पनि धेरै भएकाले सुर्खेतमा अन्य जिल्लाको तुलनामा कोरोनाको ग्राफ बढि देखिएको हो । पछिल्लो २४ घण्टामा मात्र जिल्लाभर १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पहिलो र दोस्रो दुबै लहरका कोरोना पोजेटिभको संख्या १० हजार ३७९ पुगेको छ । जुन अन्य जिल्लाको तुलनामा निकै धेरै हो ।

आज परीक्षण गरिएका १५६ केशको रिपोर्ट आइनसकेको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।  जनस्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म सुर्खेतमा कोरोना संक्रमणबाट १३१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । 

पछिल्लो केही दिन यता भने मृतकको संख्यामा भने कमी आएको छ । २ हजार ९४७ सक्रिय संक्रमितमध्ये २ हजार ८७२ जना  होमअईसोलेशनमा रहेका छन् । जसमा ५३ जनाको अस्पतालमा सामान्य उपचार भइरहेको छ भने २४ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

यस्तै ८ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको कार्यालय स्रोतले बताएको छ । १० हजार ३७९ पोजेटिभ केशमध्ये ७ हजार ७१३ केश डिस्चार्ज गरिसकिएको जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ ।
यस्तै जिल्लाभर ४३ हजार ४४१ जनाको पीसिआर परीक्षण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप