सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कास्कीका पाँच दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध एकजुट हुन आव्हान

मङ्गलबार, ११ जेठ २०७८, १९ : ३०
मङ्गलबार, ११ जेठ २०७८

राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनकारी कार्य गरेको आरोप लगाउँदै कास्कीका क्रियाशील पाँच राजनीतिक दलले त्यस कदमविरुद्ध एकजुट हुन आव्हान गरेका छन् । दलले नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न आव्हान गरेका हुन् ।

कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा (एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टी (जसपा) कास्कीका अध्यक्ष गिरिप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा (राजमो) कास्कीका कोषाध्यक्ष विष्णु पुरीले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी त्यस्तो आग्रह गरेका हुन् । 

विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय,अन्योल र अराजकता सिर्जना गरेको ठहर गरिएको छ । प्रतिनिधिसभालाई रातारात विघटन गरी राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक,अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश, प्रतिगमनकारी कार्य गरेको भन्दै निन्दा एवं भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक दायित्व निर्वाह नभएको र उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा वदनियतपूर्ण तरिकाले प्रतिनिधि सभा विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको उल्लेख छ ।

प्रतिगामी कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको भन्दै निर्वाचन नगराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुराशयबाट घोषित आम निर्वाचनले कोरोना महामारीको भयावह अवस्था सामना गरिरहेका जनताको जीवनलाई झन् गम्भीर संकटमा धकेलिदिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप