सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आठ दिनदेखि हराएका बोटे मृत फेला

मङ्गलबार, ११ जेठ २०७८, २२ : २५
मङ्गलबार, ११ जेठ २०७८

यही जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय एक पुरुष मंगलबार मृतावस्थामा फेला परेका छन् ।  व्यास नगरपालिका–७ बोटेटार बस्ने नसे बोटे मृत फेला परेका हुन् ।  व्यास– ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

 जंगलमा निउरो खोज्न गएका मानिसले बोटेलाई मृतावस्थामा देखेपछि तत्काल प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच मुचुल्का गरेपछि अहिले परीक्षणका लागि शव दमौली अस्पतालको शवगृहमा राखी आफन्तजनलाई खबर गर्ने काम भइरहेको छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप