सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सम्पादकहरुलाई सोधपुछका लागि बोलाएको घटनाप्रति अनलाइन पत्रकार संघको आपत्ति

मङ्गलबार, ११ जेठ २०७८, २३ : ०६
मङ्गलबार, ११ जेठ २०७८

काठमाडौं । सर्वोच्च अदालतले समाचारको विषयलाई लिएर प्रधान सम्पादकहरूलाई सोधपुछका लागि बोलाएको घटनाप्रति अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले सर्वोच्च अदालतको सो कार्यप्रति खेद प्रकट गरेको हो ।  जारी विज्ञप्तिमा स्थापित संविधान, कानुन, मूल्य, मान्यता, विधि र प्रक्रिया विपरित सर्वोच्च अदालत प्रशासनले प्रधान सम्पादकहरूलाई सोधपुछका लागि बोलाएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छः ‘समाचारको विषयमा सरोकारवाला वा कसैलाई चित्त नबुझे त्यस्ता विषयमा न्यायिक निरुपणमा जाने आफ्नो विधि र प्रक्रिया रहेको कुरा सम्मानित अदालत प्रशासनलाई जानकारी हुनुपर्ने हो । तर संविधान, कानुन, मूल्य, मान्यता, विधि र प्रक्रिया विपरित सर्वोच्च अदालत प्रशासनले सम्बन्धित सञ्चारमाध्यमका प्रधान सम्पादकहरूलाई छलफलका लागि भन्दै बोलाउने कार्यप्रति अनलाइन पत्रकार संघ खेद प्रकट गर्दछ ।’ 

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको भन्ने समाचारको विषयलाई लिएर इमेज खबर डटकमका प्रधान सम्पादक राजन कुइँकेल र नेपाल समय डटकमका प्रधान सम्पादक नारायण अमृतलाई मंगलबार सोधपुछका लागि बोलाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप