सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा संक्रमितको मृत्युदर घट्यो, २४ घण्टामा ७ जनाको मृत्यु

बुधबार, १२ जेठ २०७८, १६ : ४१
बुधबार, १२ जेठ २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो ।  विगत तीन सातादेखि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीव्ररूपमा बृद्धि भएको गण्डकी प्रदेशमा बुधबार भने मृतकको संख्या घटेको छ । प्रदेशमा हिजो (मंगलबार) पनि १९ जना संक्रमितको मृत्यु भएको थियो । 

गण्डकी प्रदेशका कास्कीमा ४, स्याङजा २ र लमजुङ १ जना सहित ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । पोखरा–२६ का ४९ वर्षीय पुरुष, पोखरा–१२ का ७८ वर्षीय पुरुष,पोखरा–१ का ४१ वर्षीय पुरुष र कास्की माछापुच्छ्रे–३ का ८५ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी स्याङजाको वालिङ –९का ४८ वर्षीय पुरुष,वालिङ–८ का ६० वर्षीय पुरुषको समेत पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी लमजुङको मध्ये नेपाल नगरपालिका–४ की ८५ वर्षीय कोरोना संक्रमित महिलाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख ३१ मा संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७७ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप