सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, १२ जेठ २०७८, १७ : ०७
बुधबार, १२ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा ११ वटै जिल्लामा संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेशका ११ वटा जिल्लामा गरिएको नमूना परिक्षणमा ४८० महिला र ५९९ पुरुषसहित १ हजार ७९ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनका अनुसार कास्कीमा ३७०, गोरखा २१८, नवलपरासी पूर्व ११८, तनहुँ १६६, स्याङजा ५०, म्याग्दी ३६, बागलुङ ११, लमजुङ ३६, पर्वत ६५, मुस्ताङमा ८ र मनाङमा १ जनामा संक्रमण देखिएको हो । गण्डकीमा तीन सातादेखि कोरोना संक्रमण तीव्र रुपमा बृद्धि हुदै गएको छ । प्रदेशमा मंगलबार (हिजो) अहिलेसम्मकै धेरै १ हजार ५४९ जनामा संक्रमण देखिएको थियो । 

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३७ हजार ९५४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप