सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणका कारण मकवानपुरमा २ जनाको मृत्यु

बिहीबार, १३ जेठ २०७८, १३ : ०१
बिहीबार, १३ जेठ २०७८

मकवानपुर । कोरोना संक्रमणका कारण मकवानपुरमा २ जनाको मृत्यु भएको छ । संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत एक पुरुष र मनहरी कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा बाराको निजगढ नगरपालिका वडा नम्बर–९ का ४९ वर्षका पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए । 

उनका अनुसार मृतक पुरुषको अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा राखेर उपचार भइरहेको थियो । त्यस्तै मनहरीको कोभिड अस्पतालमा ५० वर्षकी महिलाको मृत्यु भएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।
मृतक महिला मनहरी गाउँपालिका वडा नम्बर–७ रमन्टारकी रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप