आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायक प्रमोद खरेलले भने- ‘८ महिनामा कोरोनाले दुई पटक आक्रमण गर्यो’

बिहीबार, १३ जेठ २०७८, १५ : २०
बिहीबार, १३ जेठ २०७८

काठमाडौं । गायक प्रमोद खरेलले कोरोनाले आफुलाई ८ महिनामा दुई पटक छोएको बताएका छन् । बिहिबार आइसोलेसनबाट मुक्त भएको खुसी शेयर गर्दै खरेलले आफु दुई पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।

‘८ महिनाको अन्तरालमा कोरोनाले २ चोटी आक्रमण गर्यो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए । तर पनि आएर छोड्यो ।’ उनले आजै आइसोलेसनबाट मुक्त भएको समेत जनाएका छन् ।
पहिला कोरोना लागेका र खोप लगाएका सबैलाई कोरोनाबाट सचेत रहन र सुरक्षित रहन समेत आग्रह गरेका खरेलले आफ्नो उपचारमा गर्ने डाक्टर तथा आफुलाई यो अवधिमा सहयोग गर्ने धन्यवाद समेत भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप