आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ सुदूरपश्चिमका तीन मन्त्रीलाई एमालेको २४ घण्टे स्पष्टीकरण

बिहीबार, १३ जेठ २०७८, १७ : ३९
बिहीबार, १३ जेठ २०७८

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई तीन बुँदे स्पष्टीकरण साधेको छ । एमाले सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै तीनै जनलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । 

सुदूरपश्चिममा मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारमा एमालेका प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुन, कृष्णराज सुवेदी सामाजिक विकास र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् ।  शाह, सुवेदी र भट्ट तीनैजना खनाल–नेपाल समूहका हुन् ।

‘तपाई समेतका नेकपा एमालेका तर्फबाट सु.प. प्रदेशको मन्त्रिमण्डलमा सहभागी रहेका केही कमरेडहरुले पार्टी स्थायी समितिको जेठ ११ गतेको निर्णयअनुसार सुप सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने र हाम्रो पार्टीका तर्फबाट त्यस मन्त्रिमण्डलमा सामेल भएका मन्त्रीहरुलाई फिर्ता हुने निर्णयको अवज्ञा गर्नुका साथै सोही विषय सम्बन्धि पार्टी प्रदेश कमिटीको निर्देशन समेत अवज्ञा गर्नुभएको छ’ शाहलाई पठाएको स्पष्टीकरण पत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप