सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सल्यान अस्पतालमा एकैदिन ४ कोरोना संक्रमितको मृत्यु

बिहीबार, १३ जेठ २०७८, १७ : ५४
बिहीबार, १३ जेठ २०७८

सल्यान अस्पतालमा एकैदिन चार कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचार गराइरहेका ४ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा शारदा नगरपालिका ५ का ५१ वर्षीय पुरुष, शारदा नगरपालिका १५ का ७७ वर्षीय पुरुष, बागचौर नगरपालिका वडा न ९ का ६२ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ६१ वर्षीय एक महिला रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी गराएको छ । यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप