सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना जित्नेको संख्या बढ्दै

बिहीबार, १३ जेठ २०७८, १८ : २१
बिहीबार, १३ जेठ २०७८

सुर्खेत । पछिल्लो केही दिनयता कर्णालीमा कोरोना संक्रमण भई डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ४२३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यस्तै संक्रमण हुनेको संख्या भने डिस्चार्ज हुनेको संख्या भन्दा कम रहेको छ । 

आज थप २५८ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । पछिल्लो २४ घण्टामा ४०९ जनामा गरिएको पीसिआर परीक्षणबाट  ८७ जना र ५५५ जनामा गरिएको एन्टिजेन विधि परीक्षणबाट १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । हालसम्म प्रदेशभर १ लाख १३ हजार ९०८ जनामा पीसिआर र २१ हजार २ ९६ जनालाई एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।

पीसिआर विधिबाट गरिएको परीक्षणबाट संक्रमित हुनेको संख्या १६ हजार ६ सय १९ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट संक्रमित हुनेको संख्या २१ हजार २९६ पुगेको छ । जसमध्ये १४ हजार ६ सय ९ जनाले कोरोना जितिसकेका छन् । हाल आइसोलेशनमा ६ हजार १२२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानका चार र सुर्खेतका एकजना रहेका छन् । योसँगै मृत्यु हुनेको संख्या २२६ पुगेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप