सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हुन्डीको ५३ लाखसहित २ जना पक्राउ

बिहीबार, १३ जेठ २०७८, १९ : १८
बिहीबार, १३ जेठ २०७८

पर्साको वीरगञ्जबाट प्रहरीले हुन्डीको ५३ लाख सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका घर भएका शिव आनन्द गुप्ता र पर्साको बीरगञ्ज महानगरपालिका घर भएका प्रकाश जैसवाल छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बीरगञ्ज महागरपालिका–८ मा डेरामा बस्ने २६ वर्षीय शिव आनन्दको डेराबाट २९ लाख ८० हजार अवैध हुन्डीको रकम बरामद गरेको छ । बीरगञ्ज महानगरपालिका–११ श्रीपुर बस्ने प्रकाश जैसवाललाई हुन्डी रकम बोकेर हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट २४ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप