बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोभिडसँग सम्बन्धित निःशुल्क परामर्श अब मिदासको ‘मेरो डाक्टर’ एप मार्फत

बिहीबार, १३ जेठ २०७८, १९ : ५४
बिहीबार, १३ जेठ २०७८

काठमाडौं । कोभिड–१९ महामारीका कारण जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइका कारण चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श बिहीवारदेखि शुरू गरेको छ ।

समयमै उपचार वा परामर्शबाट बञ्चित हुनुपर्दा बिरामीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न र बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीको विश्वास छ ।

नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुनेहुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए । 

जारी कोभिड–१९को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एप मार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाइएको छ । यसबाट स्वयम् बिरामीहरुको समय र पैसा दुवैको बचत भइ अस्पतालहरुमा हुने अनावश्यक भीड कम गर्न मुख्य सहयोगी हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

जारी कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सवै यस अनलाइन भिडियो परामर्शमा निःशुल्क हुनेगरी व्यवस्था मिलाइएको पनि कम्पनीले जनाएको छ ।

यो सेवा कसरी लिने ?
बिरामीहरुले आफुसँग रहेका मोबाइल अथवा ल्याप–टप मार्फत आफुले अनलाइन भिडियो परामर्श लिन चाहेको डाक्टरको समय कुनै पनि समय र स्थानबाट लिन सकिन्छ । गुगल प्ले स्टोर अथवा एप्पल स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप