आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने

बिहीबार, १३ जेठ २०७८, २० : १०
बिहीबार, १३ जेठ २०७८

बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने भएको छ ।  बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु गर्न बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सहमत भएका हुन् । बिहीबार वागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन शुरु गर्ने र बैठकले प्रदेश सभा कसरी चलाउने तथा कोभिड– १९ को महामारीका बिचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।

उनले भने– ‘संसद अधिवेशन चल्दैछ । त्यो अधिवेशन चलाउनको निमित्त कस्तो खालको तयारी गर्ने भनेर सर्वदलीय बैठकको आयोजना गरेको हो । सर्वदलीय बैठकले हाउस कसरी चलाउने, कोभिड – १९ को प्रकोप धेरै छ । कोभिड –१९ को बीचमा हाउस चलाउनुपर्ने बाध्यता हाम्रो छ ।

त्यसैले यसलाई कसरी सहज गर्ने र साथीहरूका बिचमा केही त्यस्ता छन् भने ती सबै कुरामा छलफल गरियो र सहज ढंगले १६ गतेदेखि हाउस चलाउने कुरामा हाम्रो आम सहमती भयो ।’ बैठकमा प्रदेशसभाको अधिवेशनलाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको सहभागी नेताहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप