बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोभ्याक्ससँग अस्ट्राजेनेका र जोन्सनको खोप माग्ने नेपालको तयारी

बिहीबार, १३ जेठ २०७८, २१ : ११
बिहीबार, १३ जेठ २०७८

नेपालले कोभ्याक्स सुविधामार्फत अस्ट्राजेनेका र जोन्सनको खोप  माग्ने तयारी गरेको छ । यसअघि कोभ्याक्सले २० प्रतिशत जनतालाई  पुग्ने कोभिशिल्ड खोप दिने प्रतिबद्धता जनाएपनि उपलब्ध गराउन सकेको छैन । सरकारले राष्ट्रिय खोप समितिको सिफारिसमा कोभ्याक्ससँग अस्ट्राजेनेका र जोन्सोनको खोप माग्ने तयारी गरेको हो । 

परिवार कल्याण महाशाखाका अनुसार अस्ट्राजेनेका र जोन्सोनको खोप कोभ्याक्सलाई पत्र पठाउने तयारी भइरहेको छ । नेपालमा कोभ्याक्स सुविधामार्फत नेपालले ३ लाख ४८ हजार मात्रा कोभिशिल्ड खोप प्राप्त गरेको छ । कोभ्याक्सले ९२ देशलाई जनसंख्या हेरेर समानुपातिक रुपमा खोप दिने प्रतिबद्धता जनाएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप