बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेपाल हस्तकला महासंघद्वारा अस्पताल र आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री हस्तान्तरण

आइतबार, १६ जेठ २०७८, १३ : २६
आइतबार, १६ जेठ २०७८

काठमाडौं । नेपाल हस्तकला महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकार प्रसुती तथा स्त्रीरोग अस्तपाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान (पाटन अस्पताल) लाई व्यक्तिगत सुरक्षा (पीपीई) सेट लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । 

महासंघद्वारा व्यक्तिगत सुरक्षा (पीपीई) सेट लगायत फुट कभर, ग्लोभ्स, सर्जिकल मास्क, फेस शिल्ड र सेनिटाइजर महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य लगायतले परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालकी प्रशासकीय अधिकृत रानु थापालाई, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सागर राजभण्डारी र पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई हस्तान्तरण गरेको हो । 

साथै महासंघले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र लुम्बिनी प्रदेश मुख्य मन्त्री कार्यालयमा पनि व्यतिmगत सुरक्षा (पीपीई) सेट लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

संघले क्षेत्रपाटि निःशुल्क चिकित्सालय र ललितपुर स्थित च्यासल, नागबहाल, पुल्चोकको अक्षोश्वर महा विहार लगायत चाकुपाट १२ वडामा रहेका आइसोलेशन सेन्टरहरूमा पनि विभिन्न स्वास्थ्य सामग्री दिई सहयोग गरिएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप