सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

आइतबार, १६ जेठ २०७८, १८ : ०९
आइतबार, १६ जेठ २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । 

उनकाअनुसार कास्कीमा ८, लमजुङ १, तनहुँ ४, मुस्ताङ १, पर्वत १ र बागलुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  पोखरा–६ की ६० वर्षीय महिला, पोखरा–३१ का ७१ वर्षीय महिला, पोखरा–२९ की ७१ वर्षीय महिला, पोखरा–१० का ९५ वर्षीय पुरुष, पोखरा–१३ का ७५ वर्षीय पुरुष, पोखरा–११ का ८७ वर्षीय पुरुष, पोखरा–१७ का ६४ वर्षीय पुरुष र कास्कीको अन्नपूर्ण–८ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी तनहुँ आँबुखैरनी–२ की ४३ वर्षीय महिला, भिमाद–९ का ४८ वर्षीय पुरुष, शुक्लागण्डकी –७ का ५६ वर्षीय पुरुष, ब्यास–२ का ४६ वर्षीय पुरुष, पर्वत मोदी–७ का ७१ मुस्ताङ बागलुङ–१ का ४१ वर्षीय महिलाको मृत्यु भएको छ ।  त्यसैगरी बागलुङ गलकोट–३ का ३८ वर्षीय पुरुष र लमजुङको बेशीसहर नगरपालिका–४ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६६१ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप