आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हुम्लामा मूल्यवृद्धि

आइतबार, १६ जेठ २०७८, २३ : ०४
आइतबार, १६ जेठ २०७८

कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।  हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन् ।

नमूना विद्यालयको शिलान्यास 

सदरमुकामस्थित सिमकोट नमूना आवासीय विद्यालयको भवनको शिलान्यास भएको छ । सिमीकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उक्त शिलान्यास गर्नुभएको थियो ।  संघीय सरकारको रु एक करोड २६ लाख आर्थिक सहयोग र सिमकोट गाउँपालिकाको समन्वयमा उक्त भवन निर्माण हुने पालिकाका निमित्त कार्यकारी प्रमुख उजिर रोकायाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप