सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘वान पिस’ अभिनेत्री  तीन महिनादेखि प्रेममा

शुक्रबार, ०९ असार २०७४, ११ : ४७
शुक्रबार, ०९ असार २०७४

‘मिस टिन २०१२’ को सहभागिताले स्यारोन श्रेष्ठलाई सेलिब्रेटीको बारेमा केही जान्ने अवसर मिल्यो । यसै प्रतियोगितामा उनले फस्ट रनर अपको उपाधिसमेत हात पारिन् । त्यसपछि ‘ग्ल्याम हट २०१३’ मा सहभागी भएकी उनले प्रतियोगिताबाट कलाकारिताको बारेमा बुझ्न सफल भइन् । त्यसलगतै मोडलिङ मार्फत कलाकारिता सुरु गरेकी उनले लगातार आधा दर्जन हाराहारीको फेसन सोमा क्याट वाक गरिन् । र्याम्प सोबाट परिचित हँुदै गएकी उनलाई गायक राजन लिब्बूको एक गीतको म्युजिक भिडियो अभिनय अफर आयो । यो भिडियो सार्वजनिक नहुँदै उनले चलचित्र ‘सायद २’ अभिनय अवसरसमेत पाइन् । ३० असारबाट सार्वजनिक प्रदर्शनमा आउँने यो चलचित्रका कारणले उनी अहिले चर्चामा छिन् । रहरै रहरले कलाकारिता रोजेको बताउने उनी प्रकृतिक सौन्दर्यले भरिएको शान्त वातावरण भएका स्थानमा डेट जान मन पराउँछिन् । आफ्नो आँखा सबैभन्दा आकर्षक भएको बताउने अभिनेत्री स्यारोनलाई रातोपाटीको दस प्रश्न :

डेब्यु चलचित्र ‘सायद २’ प्रदर्शनमा आउँदैछ, कस्तो लागिरहेको छ ?
– प्रदर्शन मिति नजिक आउँदा एकदमै एक्साइटेड छु, थोरै थोरै नर्मस पनि । चलचित्र अभिनय पहिलो हो । तर पनि आफूले सकेसम्म बेस्ट दिने कोसिस गरेकी छु । प्रचार सामग्री सार्वजनिक भएपछि सबैले राम्रो भनिरहेका छन् ।

मेकअपमा कतिको रुचि छ ?
– मेकअपमा खासै इन्ट्रेस्ट छैन । मेकअपका साधनहरु पनि धेरै प्रयोग गर्दिनँ । कार्यक्रम वा विशेष समारोहमा जानुपर्यो भने सन् ब्लक क्रिम, लोसन, मस्कारालगायत नर्मल मेकअप गर्ने गरेकी छु ।

फेसनप्रति लगाव त पक्कै होला ? 
– फेसनसम्बन्धी त्यति राम्रो जानकार भएको व्यक्ति होइन म । तर आफूलाई सुहाउने पहिरनका बारेमा थाहा छ । आफूलाई फिट देखिने र क्याजुअल ड्रेस मनपर्छ । वान पिस, टिसर्ट पाइट, फ्रक जे लागाए पनि राम्रो देखिन्छु म । टिसर्ट र पाइन्ट नै मलाई बढी मनपर्छ ।

कस्तो खालकी केटी तपाईं ?
– नर्मल केटी । हाइफाई गर्न जान्दिनँ । यस्तो मन पर्दैन पनि । म फ्रेन्डली पनि छु । सजिलै जोसँग पनि घुलमिल हुनसक्छु । 

मनपर्ने गीत ?
– केही अगाडि चर्चामा छाएको साइली बोलको गीत धेरै मनपर्छ । यो गीत फुर्सद भयो कि सुन्ने गरेकी छु ।

पूरा नभएको सपना छ कि ?
– सानैदेखि सपना एयरहोस्टेज हुने थियो । त्यो अहिलेसम्म पूरा भएको छैन । सायद २ को रिलिजपछि त्यो सपना पूरा गर्ने बाटोतिर लाग्छु । 
मनपर्ने हिरो ?
– दयाहाङ राई र सौगात मल्ल धेरै मनपर्छ । दुवैको अभिनय पनि राम्रो लाग्छ । सौगातसँग मेरो दोहोरो चिनजान पनि छ ।
 
भुल्न नसक्ने घटना पनि होलान्, होइन ?
– त्यस्तो घटना त केही छैन । सायद २ अभिनय गर्दा गरेको दुःख भुल्न सक्दिनँ होला । यो चलचित्र अभिनय मेरा लागि पहिलो पनि हो ।

कस्तो केटा मनपर्छ ?
–स्मार्ट, ह्यान्डसम, फ्रेन्डलीलगायत गुन भएको केटा राम्रो लाग्छ । यसका अलवा सेन्स अफ ह्याुमर पनि हुन जरुरी छ ।
 
प्रेम परेको छ कि छैन ?
–अहिले प्रेममै डुबेकी छु । विगत तीन महिनादेखि प्रेममा डुबुल्की मारिरहेकी छु । कोसँग भन्ने कुरा अहिले नखोलौँ होला हुन्न ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप