सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु

सोमबार, १७ जेठ २०७८, १३ : ३५
सोमबार, १७ जेठ २०७८

दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको  तुलसीपुर उपमहानगरपालिका ८, अश्वार निवासी २५ वर्षीय टिकाराम डाँगीको मृत्यु भएको हो ।

 इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनलाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पले बायाँ खुट्टामा टोकेको थियो । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको  हो ।

पछिल्ला दिनमा यहाँ सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप